काठमाडौं महानगरकी उपमेयरसँग छलफल कार्यक्रम
07 May, 2024
अष्ट्रेलियन् कुटनीतिक नियोगको संयोजनमा "बिशेष भ्रमण" अन्तर्गत सिड्नी, क्यान्बेरा, होवर्ट र मेलवर्न भ्रमणका लागी आउनुभएकी काठमाडौं महानगरपलिका उपमेयर सुनिता डॅंगोलज्युलाई राजधानी क्यानबेरामा स्वागत गर्दै यसक्षेत्रका सामाजीक अगुवाहरु र उपमेयरज्युसँग लगभग १.५ घण्टा छलफल गरियो।
काठमाडौंका वर्तमान समस्या, महानगरले गरिरहेका कार्यक्रम र पहलहरु, भविष्यमा गर्नसकिने र गर्नैपर्ने कार्यहरुको प्राथमिकता लिस्टमात्र नभएर नेतृत्वमा युवापुस्ता र महिला, बिदेसभएका नेपालीहरुले गर्न सक्ने सहयोग, कामपाको वातावरणीय प्रदुषण समस्या समाधानमा भैरहेका कार्यहरुबारे उपमेयरज्युले प्रकाश पार्नुभयो। उहांले यस किसिमका भ्रमणबाट आफुले सिक्ने र अष्ट्रेलिया एवं नेपालविचको सम्बन्ध अझ दह्रिलो र मजबुत बनाउन सहयोग पुग्ने वताउनुभएको थियो ।
राजधानी क्यानबेराको यो कार्यक्रम एनआरएनए एसिटीले होटल लेकसाईड गुर्खाजमा आयोजना गरेको थियो ।
धन्यबाद् ।
F.A.Q
Frequently asked questions ?
We have shared some of the most frequently asked questions to help you out.